काठमाडौं । नवनिर्वाचित मेयर बिद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकालाई सफा स्वच्छ र बस्नयोग्य बनाउने बताउँनु भएको छ ।

बुधबार राष्ट्रिय सभागृहमा आयोजित काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उप प्रमुखसहित ३२ वडाका १ सय ६२ जनालाई सामुहिक सपथ ग्रहण गराइएको थियो । सपथग्रहण काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले गराउँनुभएको थियो । नवनिर्वाचित पदाधिकारीहरुले आजैदेखि आ–आफ्नो कार्यभार सम्हाल्ने छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments