काठमाडौं । कक्षा ११ को परीक्षा आगामी असार १ देखि हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्ड (एनइबी) को बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

वैशाख ३१ मा पहिलो चरणको निर्वाचन हुने भएपछि परिक्षा असार १ गते सारिएको थियो । त्यसपछि सरकारले दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेलाई तोकेपछि एनइबीले असार ८ गतेलाई परीक्षा सारेको थियो ।

फेरी जेठ ३१ मा तय गरेको निर्वाचन असार ९ मा सारेपछि अन्योलमा परेको बोर्ड बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १४ असारमा चुनाव गर्ने निर्णयसँगै असार १ गते नै परीक्षा गर्ने निर्णयमा पुगेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments