मेलबर्न । आर्किटेक्चरमा स्नातक पढाई सकेर अष्ट्रेलियामा मास्टर्स गर्न चाहनेहरुले आउँदो शैक्षिक सत्र २०१८ को लागि भर्ना खुलेको छ ।

आधुनिक जीवनशैलीमा आर्किटेक्चरको अहिले विश्वव्यापी माग बढ्दो छ । त्यसैले आर्किटेक्चरहरुले तुरुन्तै रोजगारी पाउनुका वा स्वरोजगार समेत बन्न सक्छन् । आर्किटेक्चरलाई अष्ट्रेलियाको पीआर पाउन पनि सहज छ ।

अष्ट्रेलियामा आर्किटेक्टको वार्षिक कमाई न्युनतम ६०,००० डलर देखि १ लाख डलरसम्म हुन्छ । काम गर्ने ठाउँ, कम्पनि र आफ्नो कार्यक्षमताका आधारमा यो तलब स्केल अझ बढ्न सक्छ ।

यहाँ आर्किटेक्चरमा मास्टर्स पढाई हुने अष्ट्रेलियाका केही युनिभर्सिटीहरु र कोर्स अवधिको बारेमा चर्चा गरिएको छ :

१. युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया

यहाँ “मास्टर्स अफ आर्किटेक्चर“ पढाइ हुन्छ । यो कोर्स फुल टाइम, २ वर्षको रहेको छ ।

२. युनिभर्सिटी अफ टेक्नोलोजी, सिड्नी

यहाँ “मास्टर्स अफ आर्किटेक्चर ( रिसर्च )“ पढाइ हुन्छ । यो कोर्स पार्टटाइम, २ देखि ४ वर्षको हुन्छ । अर्को , “मास्टर्स अफ आर्किटेक्चर“ को पनि यहाँ पढाइ हुन्छ,जुन कोर्स पार्टटाईम २ वर्षको रहेको छ । त्यस्तै यो युनिभर्सिटीमा पढाइ हुने अर्को कोर्स “मास्टर्स अफ बिल्ट इन्भाएरोमेन्ट (रिसर्च)“ पार्टटाईम, दुई देखि चार वर्ष अवधिको हुन्छ ।

३. बोन्ड युनिभर्सिटी

यस युनिभर्सिटीमा पढाइ हुने “मास्टर्स अफ आर्किटेक्चर“ फुलटाईम, ७२ हप्ताको हुन्छ ।

४. युनिभर्सिटी अफ क्यानबेरा

यस युनिभर्सि्टिमा “मास्टर्स अफ आर्किटेक्चर पढाइ हुन्छ , जुन पार्टटाइम अथवा फुल टाइम दुवै तरिकाले पढ्न सकिन्छ ।

५. युनिभर्सिटी अफ न्यू कासल

यस युनिभर्सिटीमा पढाई हुने “ मास्टर्स अफ आर्किटेक्चर“ पार्ट टाइम वा फुल टाईम दुवै तरिकाले पढ्न सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments