एजेन्सी । अमेरिकाले अन्तरमहादेशिय ब्यालेस्टिक मिसाइल आइसिबिएमविरुद्ध मिसाइल सुरक्षा प्रणालीको सफल परीक्षण गरेको छ ।

अमेरिकाले पहिलो पटक आइसिबिएम विरुद्ध सुरक्षा प्रणालीको सफल परीक्षण गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । क्यालिफोर्नियाको हवाई अड्डाबाट जमिनमा आधारित सुरक्षा प्रणालीको सफल परीक्षण गरिएको अमेरिकी मिसाइल सुरक्षा एजेन्सी एमडिएले जनाएको छ । प्ररीक्षण गरिएको सुरक्षा प्रणालीले नम्बली ब्यालेस्टिक मिसाइललाई ध्वस्त पारेको एमडिएले जनाएको छ । लामो समयको योजनापछि सुरक्षा प्रणालीको परीक्षण गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । उत्तर कोरियाले लगातार गरिरहेको मिसाइल परीक्षणका कारण आफूहरुले सुरक्षा प्रणालीको परीक्षण गरेको पेन्टागनको भनाई छ । उत्तर कोरियाको लगातारको मिसाइल परीक्षणका कारण कोरियाली प्रायद्विपमा तनाव बढ्दै गएको छ ।

उत्तर कोरियाले यो वर्षको नवौं मिसाइल परीक्षण गरेपछि पेन्टागनले सुरक्षा प्रणालीको परीक्षण गरेको हो । मिसाइल सुरक्षा प्रणालीको परीक्षण निकै महत्वपूर्ण रहेको एमडिएका निर्देशक विक एडम जिमले बताउनुभयो ।

Comments