काठमाडौं । मुस्लिम समुदायको चाड इद–उल–फित्रका कारण असार ९ गते तोकिएको चुनाव सार्ने सरकारको प्रस्तावमा निर्वाचन आयोग सकारात्मक देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आयोग पदाधिकारीसँग मंगलबार छलफल गरी स्थानीय तहको दोस्रो चरणको निर्वाचन मिति पर सार्न सुझाव माग्नु भएको थियो ।

काँग्रेस सभापति शेरबहादुर देउवासमेत उपस्थित छलफलमा प्रधानमन्त्री दाहालले मुस्लिम समुदायको महत्वपूर्ण पर्व इद ९ गते शुक्रबार परेकाले केही दिन पर चुनाव गर्दा के हुन्छ भनी आयोगसँग परामर्श माग्नुभएको थियो । त्यसअघि मुस्लिम समुलायका अगुवाले असार ९ गते निर्धारित चुनावको मिति पर सार्न प्रधानमन्त्री दाहालसमक्ष ज्ञापन पत्र बुझाएका थिए ।

सरकारले असार १४ गते चुनावको मिति तोक्ने तयारी गरिरहेको स्रोतले बतायो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments