कास्की । कास्कीको मादी गाउँपालिकाले जमिन बाँझो राख्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । 

नवनिर्वाचित अध्यक्ष वेदबहादुर गुरुङ, उपाध्यक्षहरुको पहिलो बैठकले मंगलबार यस्तो निर्णय गरेको हो ।

‘गाउँमा कृषि क्रान्ति गर्नुपर्छ, जमिन बाँझो राख्नुहुँदैन भनेर यस्तो निर्णय गरेका हौं’, अध्यक्ष वेदबहादुर गुरुङले भन्नुभयो । सिँचाइ सुविधा पुगेका जमिन बाँझो राखे दण्ड जरिवाना गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

आफूहरुको कार्यकालभित्र प्रत्येक गाउँटोलसम्म मोटरबाटो पुर्याउने, प्रत्येक घरमा बिजुली पुर्याउने र १२ वडामा वाइम्याक्स इन्टरनेट जोडेर सेवाग्राहीका सेवा चुस्त पार्ने, अनलाइन सेवा दिने निर्णय पनि जनप्रतिनिधिले गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments