फिलिपिन्स । फिलिपिन्सको दक्षिणी सहरको केही भाग कब्जा गरेका इस्लामिस्ट आतङ्ककारी समूहलाई फिलिपिन्सका अधिकारीले मङ्गलबार आत्मसमर्पण गर्न आह्वान गरेका छन् ।

सो सहरमा इस्लामिक स्टेट्स र सरकारी सुरक्षाबलबीच जारी भिडन्तको कारण फसेका सर्वसधारणको लागि सो आग्रह गरिएको अधिकारीहरुले बताएका छन् ।

‘हामीले उनीहरुलाई आन्तरिकरुपमा आत्मसमर्पणको मौका दिइरहेका छौँ, उनीहरुलाई अझै पनि आत्मसमर्पणको मौका बाँकी रहेको छ’ सैनिक प्रवक्ता विग्रडिएर–जनरल रेस्टिटुटो पाडिल्लाले डिजेडबिबि रेडियोलाई बताउनु भएको छ ।

आतङ्ककारीले यदि सो कार्य गरेको खण्डमा थप व्यक्ति यस द्वन्द्वमा नतानिने र थप भवन क्षतिग्रस्त नहुने पडिल्लाले बताउनु भएको छ ।

त्यसैगरी गत हप्तादेखि सुरु भएको यस द्वन्द्वको कारण मरावीमा रहेको दुई वटा जेलबाट १०० भन्दा बढी कैदी भागेका छन र भागेका मध्ये केहीले जारी द्वन्द्वमा सहभागी भएका बताइएको छ ।

फिलिपिन्सको दक्षिणी सहरमा सरकारी सुरक्षा बल र इस्लामिक स्टेट्स ९आइएस० आतङ्ककारी समूहबीच भएको भीषण भिडन्तको कारण दुई हजारभन्दा बढी सर्वसाधारण फसेर रहेका हिजो नै प्रकाशित समाचारहरुमा जनाइएको थियो ।

दक्षिणी फिलिपिन्सको लानाओ डेला सुर प्रान्तमा पर्ने मिन्दानाओ क्षेत्र र मरावी नगरमा अतिवादी इस्लामी सशस्त्र समूहले गत हप्तादेखि सरकारविरुद्ध भीषण युद्ध सुरु गरेपछि राष्ट्रपति रोड्गिो डुटेर्टेले मिन्दानाओ क्षेत्र र मरावी नगरमा सङ्कटकालको घोषणा गर्नुभएको थियो ।

यसलगत्तै उहाँले त्यहाँ तुरुन्तै सैनिक कानुन लागू गरेको घोषणा गर्नुभए तापनि आइएस आतङ्ककारीले जारी राखेको द्वन्द्वमा परी एक सय भन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको छ ।

सो सहरमा करिब एक हप्तादेखि आइएस आतङ्ककारी र सुरक्षाबलबीच जारी भिडन्तको कारण महिला र बालबालिकासहित १०० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन ।

गत हप्तादेखि जारी यस भिन्डतमा १७ सुररक्षा अधिकारी, ६१ जना आतङ्ककारी र १९ जना सर्वसाधारणको मृत्यु भइरहेको छ । यस द्वन्द्व सुरु भएयता १४ जना सर्वसाधारण अपहरणमा परेका पनि बताइएको छ ।

राष्ट्रपति रोड्गिो डुटेर्टे, केही मन्त्रिगण तथा उच्च पदस्थ अधिकारी रसियाको औपचारिक भ्रमणमा गएको मौका पारी अतिवादी इस्लामी सशस्त्र समूहले अकस्मात आक्रमण गरी मरावी नगरमा कब्जा जमाएका थिए । रासस/एएफपी

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments