बाजुरा । बाजुराको कोल्टीमा नेपाली सेनाको स्काई ट्रक विमान दुर्घटनामा परेको छ । दुर्घटनामा विमानका पाइलट कैलाश गुरुङको मृत्यु भएको छ ।

सुर्खेतबाट हुम्लाको सिमीकोटमा खाद्यान्न बोकेर उडेको नेपाली सेनाको आर ए एन ४८ कलसाइनको स्काई ट्रक कार्गो विमान खराब मौसमका कारण मंगलबार मध्यान्ह दुर्घटनामा परेको हो । मौसममा खराबी आएपछि विमानलाई बाजुराको कोल्टी विमानस्थलमा आकस्मिक अवतरण गर्न खोजिएको थियो । अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर विमान ५० मिटर तल खेतमा पुगेको छ ।

विमानमा चालकदलका सदस्यसहित तीन यात्रु थिए । दुर्घटनामा कोपाइलट अनिता आले र सेनाका सुबेदार पूर्णबहादुर खड्का घाइते भएका छन् । घाइतेहरुलाई सीता एयरको जहाजबाट उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।

Comments

comments