काठमाडौं । नयाँ सरकार गठनबारे छलफल गर्न भन्दै नेपाली काँग्रेसले बोलाएको सर्बदलीय बैठक प्रमुख प्रतिपक्षी दल एमालले बहिष्कार गरेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा काँग्रेसले नयाँ सरकार गठन गर्न भन्दै मंगलबार सर्वदलीय बैठक बोलाएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजिनामा दिएपछि राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न आह्वान गर्नु भएको थियो । राष्ट्रपतिले दिएको समयसीमाभित्र सहमतीय सरकार गठन गर्ने पहल स्वरुप काँग्रेसले सर्वदलीय बैठक बोलाएको हो । काँग्रेससँगको सहमतिमा प्रधानमन्त्री दाहालले जेठ १० गते प्रधानमन्त्रीबाट राजिनामा दिएका थिए । काँग्रेससँग आलोपालो सरकार बनाउने सहमतिमा दाहालले राजिनामा दिएपछि काँग्रेसले सरकारको नेतृत्व लिने तयारी गरेको छ ।

सरकारको नेतृत्व लिने योजनामा रहेको काँग्रेसले बोलाएको बैठकमा एमाले सहभागी नभएपनि मधेसवादी दलका नेताहरु पनि सहभागी छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments