काठमाडौं । सरकारले जेठ ३१ का लागि तोकेको स्थानीय तहको दोस्रो निर्वाचनको मिति सार्ने निर्णय गरेको छ ।

निर्वाचनको मिति सार्नुपर्ने माग राख्दै आएको राजपालाई समेत निर्वाचनमा सहभागी गराउने उद्देश्यले सरकारले दोस्रो चरणको निर्वाचन मिति एक साता पर सार्दै असार ९ गते गर्ने निर्णय गरेको हो । प्रमुख तीन दलका शीर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिएको सुझावका आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तय गरेको हो। यसअघि जेठ ३१ गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचन असार ९ गतेसम्मका लागि सारिएको हो।

यसैबीच सरकारले दोस्रो चरणको निर्वाचनको मिति सार्ने निर्णय गरेकोमा राजपाले खुशी व्यक्त गरेको छ । सरकारको यो निर्णय सकारात्मक भएको उसको भनाइ छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निर्वाचनको मिति १० दिन सारेसँगै मोर्चा सकारात्मक देखिएको हो। तर आफ्नो पार्टीको माग निर्वाचनको मिति सार्नु मात्रै नभएको भन्दै थपिएको समयमा सहमतिको प्रयास गर्नुपर्ने उसले प्रष्ट पारेको छ ।

Comments

comments