एजेन्सी । युट्युबमा मेक अप सिकाउने भिडियोहरु अनेकौं रहेका छन् । अहिले ती लाखौँ भिडियोहरुमा एक जना मेक अप ट्युटरको भिडियोहरु लोकप्रिय भइरहेका छन् । ती हुन् १० वर्षे फुच्चे ट्युटर – ज्याक वार्डेन ।

बेलायतका ज्याक १० वर्षका मात्र भए । तर उनको मेक अप स्किलले उनि विश्वभर प्रख्यात हुँदैछन् । इन्स्टाग्राम र युट्युबमा उनका लाखौँ फ्यानहरु छन् । उनको मेकअप सीपलाई लिएर उनलाई ‘ट्रान्सजेन्डर’ भएको भनि व्यंग्य गर्नेहरु पनि छन् । तर उनि भन्छन् , कुनै पनि सिप र रुची कसैको लैंगिकता संग सम्बन्धित हुँदैन ।

Comments