मेलबर्न । हामी आफू सतर्क नहुँदा कहिलेकाहीं चोरको शिकार हुन सक्छौं । त्यस्तै कहिले घरको सामान हराउँदा वा बिग्रिंदा पनि हामीले थाहा नपाईरहेका हुन सक्छौं । तर थोरै सतर्कता अपनाउँदा सम्भावित ती घटनाबाट बच्न सकिन्छ ।

हुन त अष्ट्रेलिया मजबुत सेक्युरिटी व्यवस्था भएको देश हो । तर चोरलाई दोष दिनुभन्दा चोरी हुनु अगावै सुरक्षित रहनु बुद्दिमानी मानिन्छ । त्यसैले अष्ट्रेलियामा सुरक्षित रहन यी कुराहरुमा ध्यान दिन आवश्यक छ ः

–आफूसँग भएका सबै सामनहरुको सूची बनाएर राख्नुहोस् । सम्भव भएसम्म सामानहरुको फोटो खिचेर राख्नुहोस् । आफूले सामान किनेपछि प्रत्येक वस्तुको बिल सुरक्षित राख्नुहोस् ।

–बिमा गर्दा प्रत्येक वस्तुको सही मूल्य दिनुहोस् । आफूसँग भएका वस्तुहरुको सूचीको समय–समयमा रुजु गर्नुहोस् ।

–बिमा गर्दा सही बिमा कम्पनी छान्नुहोस् । कम्पनिका नियमहरु बुझ्नुहोस् र उनीहरुले दिने सुविधाबारे प्रष्ट हुनुहोस् । कम्पनी अनुसार सुविधाहरु फरक फरक हुन्छन् ।

–बिमा सम्बन्धि जानकारी लिन यी वेबसाइट मार्फत जान सकिन्छ :

www.understandinsurance.com.au

www.understandinsurance.com.au/calculators

www.findaninsurer.com.au

www.choice.com.au/money/insurance/home-and-contents

Comments

comments