काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य फराकिलो मत अन्तरले विजयी हुनु भएको छ । शाक्य निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीभन्दा २० हजार ७ सय मतअन्तरले विजयी हुनु भएको हो ।

आइतबार बिहान सम्पन्न भएको अन्तिम मतपरिणामअनुसार शाक्य ६८ हजार ९ सय ६१ मत प्राप्त गरी विजयी हुनु भएको हो । शाक्यको निकतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका राजुराज जोशीले ४८ हजार एक सय ९८ मत प्राप्त गर्नुभयो ।

यस्तै उपमेयरमा भने नेपाली कांग्रेस हरिप्रभा खड्गी विजयी हुनु भएको छ । खड्गीले एमाले–राप्रपा गठबन्धनका उम्मेदवार राजराम श्रेष्ठ २२ हजार बढी मतअन्तरले पराजित हुनु भएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments