सोलुखुम्बु । सोलुखुम्बुको लुक्लामा गोमा एयरको कार्गो विमान दुर्घटनामा परेको छ ।

दिउँसो २ बजे काठमाडौँबाट कार्गो उडान भरेर लुक्ला आएको विमान तेन्जीङ हिलारी विमानस्थलमा अवतरण गर्नु अघि धावन मार्ग छेवैमा रहेको सल्लाको रुखमा ठोक्किएर दुर्घटना भएको हो।

९ एन ए के वाइ कल साइन भएको विमान दुर्घटनामा परेको हो । विमानचालक पारस राई र सहायक सुजन मानन्धर र एयर होस्टेज प्रज्ञा महर्जन घाइते भएका छन्। लुक्लामै रहेको पासाङल्हमु निकोल निकि अस्पतालमा उनीहरुको उपचार भैरहेको छ । मौसम खराब रहेकाले बिमान रुखमा ठोक्कीएको हुन सक्ने बताइएको छ।

Comments

comments