काठमाडौं । प्रायजसो शाकाहारी अचार खाने गर्छौं। तर, मासु मन पराउनेहरुको लागि मासुको अचार पनि स्वादिलो हुन्छ । यहाँ कुखुराको मासुको अचार बनाउने तरिकाबारे चर्चा गरिएको छ ।

आवश्यक सामग्री

–कुखुराको मासु : ५ सय ग्राम

–सुकेको लसुन : १ पाउ

–अदुवा : आधा पाउ

–तेल : आधा माना

–जिराको धुलो : २ चम्चा

–टिम्मुरको धुलो : १ चम्चा

–मेथी, रायो, मुलाको बिउको धुलो : केही

–खुर्सानीको धुलो : २ चम्चा

–चुक अमिलो : १ चम्चा

बनाउने विधि

-सबैभन्दा पहिले कुखुराको मासुबाट छाला झिक्ने ।

-एक ठूलो चम्चा पानी हालेर त्यसलाई मधुरो गरी आगोमा बफ्याउने । त्यसमा रहेको पानी सुकाउने ।

– बफ्याइसकेको मासु मसिनो टुक्रा पारेर काट्ने । लसुन छोडाएर केस्रा पारी काट्ने, एक पोटी लसुनचाहिँ पिस्ने ।

-अदुवा पनि त्यसै गर्ने, केहीलाई केस्रा बनाएर काट्ने अनि केहीलाई पिस्ने ।

-सबै सामग्री तयार भएपछि कराहीमा आधा माना तेल तताउने ।

-तातेको तेलमा टुक्रा पारेर राखिएको मासु ओइरिने ।

-मासुलाई खैरो पारेर भुटिसकेपछि मसला हालेर आगोमा केहीबेर राख्ने अनि मोल्ने ।

-अब कुखुराको मासुको अचार तयार भयो, खाना या खाजासँग मिलाएर खान सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments