काठमाडौं । पशुपति प्रसादको अपार सफलता पछि टुकी आर्टसले दिपेन्द्र के.खनाल प्रोडक्सन संगको सहकार्यमा निर्माण गरेको दोस्रो चलचित्र धनपति को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रमा द्वन्दको चपेटामा परि पूर्वी तराईबाट राजधानी आएर बसेको राजनीतिक विरासत बोकेको सनाकाजी उर्फ धनपतिको कथा रहेको छ । सानो रेस्टुरेन्टमा काम गर्ने धनपतिको जीवनमा घटेका अनेक घटनालाई चलचित्रको पर्दामा उतारिएको छ ।

खगेन्द्र लामिछानेको लेखन तथा दिपेन्द्र के.खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने,सुरक्षा पन्त,आशान्त शर्मा,हरिहर शर्मा,मनिष निरौला बाल कलाकार सुरभी बर्तौलाको मुख्य अभिनय रहेको छ ।

 

Comments

comments