काठमाडौं । साउदी अरबमा दुर्घटनामा परेर ‘ज्यान गुमाएका’ भनिएका भोजपुर, काउलेका सुवास तामाङको ‘क्षतविक्षत शव’ घर आइपुग्नासाथ परिवारले रितअनुसार अन्तिम संस्कार गर्यो । मृतकका परिवारले क्षतिपूर्ति र बिमा रकम पनि बुझे ।

तर, तिनै सुवास शुक्रबार अपराहन काठमाडौं आइपुगेका छन् । अझ रोचक त जातीय रितअनुसार उनलाई फेरि न्वारन र बिहे गरेर मात्र परिवारमा स्वागत गरिँदै छ ।

सुवास जसोतसो जन्मभूमि आइपुगेका छन् । उनलाई अब भोजपुर जन्मस्थल लगेर फेरि न्वारन गरिनेछ । अनि मोरङ, लक्ष्मीमार्ग ल्याएर बिहे । यति रित पुर्याएपछि मात्र उनलाई नाबालक छोराछोरी र श्रीमतीसँग भेट गर्न दिइनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments