मेलबर्न । नेपाली लोक गायन क्षेत्रका महारथि हुन् कुमार बस्नेत । आमा भन्दा छोरी तरुनी,घिनघिन मादल घन्काउँला,माछापुच्छ्रे लगायतका सयौं लोक गीतका गायक बस्नेत नेपालमा पप गायन भित्र्याउने पहिलो गायक समेत मानिन्छ । उनले गाएको दिउँला यो जोवन तिमीलाई नेपालमा रेकर्ड भएको पहिलो पपशैलीको गीत मानिन्छ ।

लोक सम्राटको उपाधि जनस्तरबाट पाएका कुमार बस्नेतका गीतहरुलाई अष्ट्रेलियाका दर्शकहरुले प्रत्यक्ष सुन्न पाउने भएका छन् । न्यू साउथ वेल्समा आगामी जुन ३ शनिवारका दिन हुन लागेको सुमधुर सांगीतिक साँझ २०१७ मा गायक बस्नेतको लाइभ प्रस्तुति हेर्न पाउने भएको हो ।

जापाली समाज अष्ट्रेलियाको आयोजनामा हुन लागेको कार्यक्रममा लिभिङ लिजेण्डस् कुमार बस्नेतको साथमा दिल तामाङ,सुजाता उपाध्याय,भुपेन्द्र चँुडाल लगायतका कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।

कार्यक्रम मराना अडोटिरियममा हुनेछ ।

Comments

comments