मेलबर्न । अष्ट्रेलियामा स्थापित व्यवसायी दम्पती शेष घले र जमुना गुरुङ अष्ट्रेलियाको धनी व्यक्तिहरुको सूचीमा परेका छन् ।

अष्ट्रेलियाबाट प्रकाशित हुने आर्थिक पत्रिका बिआरडब्लुले प्रकाशित गरेको सूचीमा घले दम्पती १ सय १ र २ स्थानमा परेका हुन् । उनीहरुको यो स्थान गत वर्षको भन्दा पांच स्थान माथि हो ।

पत्रिकाका अनुसार हाल उनीहरुको सम्पती ६ सय ४७ मिलियन अष्ट्रेलियन डलर छ जुन अघिल्लो वर्षको भन्दा दश दशमलव ४ प्रतिशत बढी रहेको छ ।

करिब दुई दशकअघि घले नेपालबाट विद्यार्थीको रुपमा अष्ट्रेलिया आएका थिए । सामान्य कामबाट अष्ट्रेलिया बसाईको सुरुवात गरेका उनको हाल मेलबर्नमा शैक्षिक संस्था मेलबर्न इन्ष्टिच्युट अफ टेक्नोलोजी छ भने त्यस बाहेक घरजग्गा लगायतको व्यवसाय पनि फैलिंदै गएको छ । घले गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष समेत हुन् ।

प्रकाशित सूचीमा एन्थोनी प्रत् अष्ट्रेलियाको सबैभन्दा धनी व्यक्तिको रुपमा पहिलो स्थानमा आएका छन् । उनको सम्पती १२.५९ बिलियन डलर रहेको छ । उनी गत वर्ष दोस्रो स्थानमा थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments