गुल्मी/कास्की । भारत नियन्त्रित कश्मीरमा खटिएका सैनिक हबल्दार ४० वर्षीय डम्बरबहादुर पुनको मृत्यु खबरले कालीगण्डकी गाउँपालिका–७ भुर्तुङको करङतुङ गाउँ शोकमा डुबेको छ । 

भारतीय सेनामा उनको थर पुन भए पनि गाउँमा उनीहरु कार्की परिवार हुन् ।

गत आइतबार पाकिस्तानी सैनिकको आक्रमणबाट जम्मु कश्मीर क्षेत्रको लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा गोली लागेर उनको मृत्यु भएको हो ।

उनीसँगै पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रविन शर्मा, कास्कीको नागिधार गाउँका ३८ वर्षीय गिरीश गुरुङको पनि गोली लागेर मृत्यु भएको छ । घटनामा भारतीय सेनामा कार्यरत थप ४ नेपाली घाइते छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments