एजेन्सी । हलिवुडका चर्चित अभिनेता जेम्स बोण्डको ८९ बर्षको उमेरमा निधन भएको छ ।

जेम्स बोण्डको भूमिकामा जमेका अभिनेता राजर मूर लामो समयदेखि क्यान्सरबाट पीडित थिए । पछिल्लो समय स्वीजरल्याण्डमा बस्दे आएका मुरको मंगलवार निधन भएको उनको परिवारले ट्विटर मार्फत जानकारी दिएका हुन् ।

राजर मुर जेम्स बोण्डको भूमिका गर्ने तेस्रो अभिनेता हुन् । उनले १९७३ देखि १९८५ सम्म चर्चित जेम्स बोण्ड सिरिजका फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेका थिए । बोण्ड सिरिजको साथमा उनले दि स्पाई,हू लभ्ड मी र ‘लिव एड लेट डाई जस्तो सुपरहिट फिल्महरुमा अभिनय गरेका छन् ।

प्रतिभाशाली अभिनेता मूरले जेम्स बोन्ड पछि चर्चित जासूसी टिभी सीरीज ‘ दि सेन्टमा समेत अभिनय गरेका थिए । उनका प्रशंसकहरुले राजरलाइ ‘साईमन टैपलरको नाममा अझै सम्झिने गर्दछन् ।

Comments

comments