काठमाडौं । सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका ४ आरोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा २ नेपाली र २ विदेशी छन् ।

चौथो आधार शिविरमा मृत भेटिएका उनीहरुको परिचय खुल्न सकेको छैन । सेभेन समिट ट्रेकका दावा शेर्पाका अनुसार स्लोभाकियाका आरोही हराएपछि टोली उनको खोजीमा सगरमाथा गएको थियो । उनीहरुको मृत्यु क्याम्पमा अक्सिजनको कमीको कारण भएको बताइएको छ ।

यो वर्ष सगरमाथामा ज्यान गुमाउनेको संख्या १० पुगिसकेको छ ।

Comments

comments