काठमाडौं । प्रधानमन्त्री  पुष्पकमल दाहालले राजीनामा दिनुभएको छ । उहाँले देशवासीलाई विशेष सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको हो ।

दाहालले  मंगलबार नै संसदलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गर्नुभएको थियो  । तर स्थानीय तहको संख्या बृद्धि भएकोमा विरोध जनाउदै एमालेले संसद अवरुद्ध पारेपछि प्रधानमन्त्रीले दाहालले देशबासीलाई सम्बोधन गर्दै सिंहदरबार बाटै राजीनामाको घोषणा गर्नुभएको हो ।

सम्बोधनका क्रममा उहाँले संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन, काठमाडौ उपत्यकामा विद्युत् कटौतीको अन्त्य, लगानी सम्मेलनको सफल आयोजना, आर्थिक वृद्धिदर बढोत्तरीका निम्ति गरिएका सुधार कार्यक्रम, सर्वसाधारण जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा, गरिब तथा विपन्न नागरिकलाई सहयोग र भूकम्पपछिको पुनःनिर्माणका कामलाई गति दिन आफू नेतृत्वको सरकार सफल भएको बताउनुभयो।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments