काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिनुभएको छ।

बुधबार देशबासीका नाममा सम्बोधन गर्दै दाहालले राजीनामाको घोषणा गर्नुभएको हो ।

आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको भन्दै प्रधानमन्त्री दाहालले खुसी समेत व्यक्त गर्नुभयो ।

सदनमा सम्बोधन गर्ने प्रयास असफल भएपछि प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्नुभएको हो । आफूले नेपाली राजनीतिमा रहेको नैतिकताको खडेरी तोड्ने संकल्प गरेको भन्दै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससँग भएको समझदारी अनुसार राजीनामा दिइएको बताउनुभयो ।  उहाँले दोस्रो चरणको चुनाव आफ्नो नेतृत्वको सरकारले नै गराओस् भन्ने सिंगो देश र प्रतिपक्षको सदिक्षाप्रति आभार प्रकट गर्नुभयो ।

सत्ता छाड्नुपर्दा अहिलेसम्म देखिने गरीको पीडा, आक्रोस र छटपटीको परम्परा तोड्दै अवका दिनमा राजनीतिज्ञ, सांसद र नागरिकका रुपमा मुलुक र जनताको उत्थानमा क्रियासिल रहने उहाँले प्रतिवद्दता व्यक्त गर्नुभयो ।

Comments

comments