काठमाडौं । कान्स फिल्म फेस्टिभलको अवसर पारेर प्रियंका चोपडाले बनाउन लागेको नेपाली भाषाको फिल्म ‘पाहुना’ को पोस्टर सार्वजनिक भएको छ। प्रियंकाकी आमा मधु चोपडा प्रमुख रहेको फिल्म कम्पनी पर्बल पेबल र सिक्किम पर्यटन मन्त्रालयको सहकार्यमा ‘पाहुना’ बन्न लागेको हो ।

फिल्ममा नेपालमा दस वर्ष चलेको सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा प्रेमलाई शक्ति र साहसको रुपमा प्रस्तुत गरिने बताईएको छ । यसमा सशस्त्र द्वन्द्वका बेला बाबुआमाबाट छुट्टिएर सिक्किम पुगेका तीन बालबालिकाको कथा रहनेछ।

तीन वर्षअघि ‘मेरी बास्सै’ मा अभिनय गरेकी मन्जु क्षेत्रीसहित अधिकांश प्राविधिक र कलाकारहरु सिक्किमकै रहने चलचित्रमा लेखन तथा निर्देशन पाखी ए टायरवालाको रहेको छ।

प्रियंका चोपडाले सिक्किम सरकारसँगको सहकार्यमा बन्न लागेको फिल्मको घोषणा गर्न पाउँदा आफू खुशी र उत्साहित भएको बताएकी छिन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments