बाजुरा । टाउकोमा सेतो फेटा, थकित अनुहार तैपनि मीठो हाँसो । बाजुरा स्वामीकार्तिक ३, वाईकी ३२ वर्षीया जौकला कठायत अहिले सुत्केरी छिन् । उनको साथमा छ, ३५ दिनको बच्चा । सुत्केरी हुँदा प्रशस्त पोषणयुक्त खानेकुरा खानुपर्छ  र आराम पनि त्यति नै गुर्नपर्छ । 

तर जौकलालाई भने ३५ दिनको बच्च काखमा च्यापेर सडकमा काम गरिरहेको देखिन्छ । सुत्केरीको बेला सडकमा काम गर्नुपर्दा पनि उनमा कुनै नैराश्यता देखिदैन । बच्चा बोकेरै उनी काममा खटिएकी छन् ।सुत्केरीका बेला पनि बच्च बोकेर सडकमा काम गर्नु उनको रहर होइन, बाध्यता हो । काम नगरे भोकै बस्नुपर्छ ।

सरकारले खडेरीपीडितलाई राहतस्वरुप दिएको चामल जिल्ल समन्वय समितिले काम गराएर दिन्छ । त्यहि चामल पाउन उनले सडकमा काम गेकी हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments