काठमाडौं । सरकारले निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण दिने भएको छ ।

देशभरका गाउँपालिका र नगरपालिकाको कार्यभार समाल्ने कार्यकारी अधिकृतदेखि अध्यक्ष, उपाध्यक्ष, नगरप्रमुख, नगरउपप्रमुख, वडाध्यक्ष र सदस्य नयाँ भएकाले प्रशिक्षण दिन लागिएको हो ।

संविधान जारी भएपछि देश संघीयतामा प्रवेश गरेको र देशभर ७ प्रदेशमा ७ सय ४४ स्थानीय तह भएकोमा सरकारले वैशाख ३१ गते पहिलो चरणमा ३ प्रदेशमा निर्वाचन गरेको छ । अधिकांश तहको मतगणना भए पनि केहीमा अझै बाँकी छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले निर्वाचनबाट चुनिएका जनप्रतिनिधिलाई मतगणना सकिनासाथ जेठ तेस्रो साताभित्रै प्रशिक्षण दिन लागिएको बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments