यस वर्षको अन्तिम युएस ओपन ग्रान्डस्लाम टेनिस प्रतियोगिता सुरु भएको छ ।

अमेरिकाको फ्लसिङ मिडोजमा आयोजित प्रतियोगितामा शीर्ष वरीयताका खेलाडीहरुले राम्रो सुरुवाती गरेका छन् । जसमा तेश्रो वरीयताका स्वीस खेलाडी स्टानि स्लास वावरिङका, पाँचौं वरीयताका क्यानेडियन खेलाडी राओनिक, आठौं वरीयताका बेलायती खेलाडी एन्ड्री मुर्रे र नवौ वरीयताका फे्रन्च खेलाडी जो वेल्फ्रेड सोंगा दोश्रो चरणमा पुगेका छन् ।

वावरिङकाले चेक खेलाडी जिरि वेसेलीलाई ६–२, ७–६ र ७–६ को सोझो सेटमा पराजित गरे भने पाँचौं वरीयताका राओनिकले जापानिज खेलाडी तारो डानियललाई ६–३, ६–२ र ७–६ ले हराए । त्यसैगरी, मुर्रेले डच खेलाडी रविन हासलाई ६–३, ७–६, १–६ र ७–५ ले पराजित गरे । सोंगाले पनि अर्जेन्टाइन खेलाडी हुँवा मोनाकोलाई ६–३, ४–६, ७–६ र ६–१ ले जिते ।

Comments

comments