काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले स्थानीय तहको संख्या वृद्धिले आफ्नो उम्मेदवार व्यवस्थापनमा चुनौती आएको बताउनु भएको छ । उहाँले उम्मेदवार छानिएपछि स्थानीय तह घटबढ गरेर सरकारले तमासा गरेको बताउनु भयो ।

विभिन्न सञ्चार गृहका सम्पादक, समाचार प्रमुखहरुसँगको छलफलमा अध्यक्ष ओलीले भन्नुभयो, ‘नौ दिनपछि मनोनयन सुरु हुन्छ भनेर उम्मेदवार छानियो, अहिले त गाउँपालिका नै छैन, ती उम्मेदवारलाई कहाँ उठाउने ?’ उहाँले आयोग बनाएर सीमा निर्धारण गरिनु पर्नेमा सरकारले स्वेच्छारीपन देखाएको बताउनु भयो ।

‘दुई दिनपछि नीति तथा कार्यक्रम, पाँचदिनपछि बजेट तथा नौ दिनपछि निर्वाचनको कार्यक्रम सुरु हुने बेला राजीनामा दिने बेला उचित होइन,’ ओलीले भन्नुभयो, ‘कि पहिले राजीनामा दिनु पथ्र्यो, कि अब पछि दिँदा उचित हुन्छ ।’ उहाँले काँग्रेसले साथ दिए एमाले सरकारमा जान तयार रहेको तर सरकारमा जान मरिहत्ते नगर्ने बताउनु भयो ।

ओलीले दोस्रो तहको स्थानीय तह निर्वाचन सार्न नहुने बताउनु भयो । ओलीले टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिनु, अवकाश लिन लागेका न्यायमूर्तिलाई महाभियोग लगाइनु सरकारको कमजोरी रहेको बताउनु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments