मेलबर्न । अष्ट्रेलियामा घर भाडामा लिंदा भविष्यमा हुने सम्भावित समस्याहरुलाई कम गर्न विभिन्न कुराहरुमा ध्यान दिनुपर्छ ।

घर भाडामा लिंदा सुरुमै औपचारिक रुपमा कानुनी दस्तावेजमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । उक्त दस्तावेजमा तपाईंले तिर्नुपर्ने भाडाको दर, भाडादारीको प्रकार र म्याद, आवास स्थान र शर्तहरु समावेश गरिएको हुन्छ । सबै कुराहरु राम्रो संग बुझेर मात्र हस्ताक्षर गर्नुपर्छ ।

भाडा भन्दा छुट्टै धरौटी पनि दिनुपर्ने हुन्छ । करारनामा अन्त्य भएपछि मात्र उक्त रकम फिर्ता हुन्छ । आवासीय भाडादारी सम्झौताको सर्तहरू पूरा गर्न नसक्ने अवस्थाको लागि धरौटी घर धनीका लागि एक सुरक्षाको रूपमा रहन्छ ।

भाडामा लिएको घरमा सर्नुभन्दा अगाडि घरभित्र केहि फुटेको, भत्किएको वा बिग्रिएको लगायतका जानकारीहरु रहेको निश्चित गरि रिपोर्ट बनाउनुपर्छ र सरेको सातदिन भित्र आफ्नो घर धनी वा रियल इस्टेट एजेन्टलाई उक्त उक्त रिपोर्ट दिनुपर्छ । उक्त रिपोर्टमा आफू र घरधनी वा रियल इस्टेट एजेन्टले हस्ताक्षर गर्नुपर्छ । हस्ताक्षर गर्नुभन्दा अगाडि आफू र घरधनीबीच घरको स्थितिबारे सहमति हुनु पर्दछ ।

आफ्नो आवासीय भाडादारी करारनामादेखि, निवास स्थान अवस्था रिपोर्ट, भाँडा र धरौटी तिरेको रसिद, पत्र, इमेल र कुनै पनि लिखित सामाग्रीहरुको रेकर्ड राख्नाले पछि कुनै समस्या आउन सक्दैन र यदि समस्या आयो भने पनि आफू संग प्रयाप्त मात्रामा प्रमाण हुन सक्छन् ।

भाडा शुल्कमा वृद्धिको विरोधमा वा निवास स्थानको मर्मतमा घरधनीद्वारा लापरवाही गरिएको लगायतका विषयमा सम्बन्धित राज्यको नागरिक र प्रशासनिक न्यायाधिकरणमा उजुरी गर्न सक्नुहुन्छ ।

स्रोत : एसविएस

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments