मेलबर्न । अष्ट्रेलियामा कुनै नियम नजान्दा वा झुक्किएर नियम मिचेको खण्डमा समेत जरिवाना तिर्नुपर्ने अवस्था आउन सक्छ । यदि जरिवाना तिर्नुपर्ने अवस्था आए निम्न कुराहरुमा ध्यान दिन आवश्यक छ ।

–यदि जरिवानामा पर्नुभयो भने त्यसलाई बेवास्ता नगर्नुहोस् ।

–तपाईंले जरिवाना तिर्ने समय जति धेरै लम्ब्याउनुहुञ्छ त्यति नै दरमा जरिवाना बढ्दै जान्छ ।

–यदि तपाईंलाई जरिवाना सही लाग्दैन भने कानुनी सल्लाह लिन सक्नुहुन्छ ।

–प्रत्येक राज्यमा कानुनी सल्लाहको सुविधा हुन्छ र त्यहाँ तपाईंले आफ्नै भाषामा समस्या राख्न सक्नुहुन्छ ।

–यदि तपाईंसँग जरिवानाको लागि पर्याप्त पैसा हुँदैन भने त्यहाँको कानूनमा विकल्पहरु उपलब्ध हुन सक्छन् ।

–जरिवाना र कानूनबाट बच्नको लागि कानुनी विभागले दिने विभिन्न कार्यक्रमहरुमा सहभागी हुन सकिन्छ ।

Comments