काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज पदबाट राजीनामा दिनुहुने भएको छ । दाहालको राजीनामापछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ ।

दाहालले व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुहुनेछ । प्रधानमन्त्रीले १ बजे सम्बोधन गर्ने कार्यक्रम संसद सचिवालयले जनाएको छ ।

सरकार गठनका क्रममा भएको समझदारी अनुसार नै माओवादी अध्यक्ष समेत रहका प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लाग्नुभएको हो ।

Comments