काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार १ बजे संसदमा विशेष सम्बोधन गर्नुहुने भएको छ । संसदमा विशेष सम्बोधनसँगै उहाँले आजै राजीनामा घोषणा गर्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री दाहालका छोरा एवम् उहाँका सहयोगी प्रकाश दाहालले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्रीले १ बजे संसदमा सम्बोधन गर्ने जानकारी दिनुभएको छ । दाहालको स्ट्याटसमा राजीनामाबारे उल्लेख छैन ।

स्थानीय तहको निर्वाचनपछि राजीनामा गर्ने र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमतिमा दाहाल प्रधानमन्त्री बन्नु भएको थियो ।

काँग्रेससँगको सहमतिअनुसार आफूले चाँडै राजीनामा गर्ने प्रधानमन्त्री दाहालले बताउँदै आउनु भएको थियो ।

Click Here and fill this form.

career-in-aus

Comments