काठमाडौं । स्थानीय तहको देस्रो चरणको निर्वाचन सुरक्षाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेना परिचालन गर्न स्वीकृती प्रदान गर्नुभएको छ । गोरखापत्रमा समाचार छ ।

स्थानीय निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा ऐन–२०७३ अनुसार नेपाल सरकार मान्त्रिपरिषद्को बैठकले जेठ ४ गते सेना परिचलन गर्न सुरक्षा परिषद्मार्फत राष्ट्रपतिसँग स्वीकृति मागेको थियो ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय सुरक्षा परिषद्को सिफारीसमा नेपालको संविधान धारा ६६ को उपधारा (२) अन्तर्गत सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नु भएको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद धिमिरेले जानकारी दिनु भयो ।

Click Here and fill this form.

career-in-aus

Comments

comments