उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उच्च स्तरीय राजनीतिक समितिको गठनले संविधानसभा ओझेलमा पर्ने भएकाले समिति गठनको पक्षमा कांग्रेस नरहेको बताउनु भएको छ  ।

मंगलादेवी सिंहो १९ औं स्मृति दिवसको अवसरमा नेपाल महिला संघले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले  संविधानसभाको भूमिका कमजोर पार्ने वा संविधानसभालाई वाईपास गर्ने काम गर्न नहुने उल्लेख गर्नुगर्नु भयो ।   सिंहले संविधानसभा बाहिरबाट नभई भित्रैबाट सबै समस्याहरुको समाधान खोजिनुपर्ने समेत बताउनु भयो ।

उहाँले  कांग्रेस र एमालेको संविधानसभाबाटै सबै विषय टुंग्याउने  सामान धारणा रहेकाले समितिको पक्षमा नरहेको जिकीर गर्नु भयो  ।

Comments

comments