एजेन्सी । बेलायतको म्यानचेस्टर शहरको एरेनामा बम बिस्फोट भएको छ । बिस्फोटमा परी १९ को मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।

म्याचेस्टर प्रहरीकाअनुसार उग्रवादी समूहले बम बिस्फोट गराएको आशंका गरिएको छ ।

म्यानचेस्टर एरेनामा गायिका एरियाना ग्रैंडेको साङगीतिक कार्यक्रम सकिए लगत्तै बिस्फोट भएको समाचार एजेन्सीले जनाएका छन् । बिस्फोट लगत्तै एरिना नजिकैको म्यानचेस्टर भिक्टोरिया स्टेशनमा आवागमन बन्द गरिएको छ ।

ग्रेटर म्यानचेस्टर प्रहरीले घटना स्थलमा नजान र छानबिनमा सहयोग गर्न नागरिकलाई अपिल गरेको छ ।

Click Here and fill this form.

career-in-aus

Comments

comments