संघीय लोकतान्त्रीक गणतान्त्रीक मोर्चाले संविधानसभाको निर्वाचन पछि भएका सवै सहमति र सम्झौताहरुको कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

एमाओवादी संसदीय कार्याल्ऽय सिंहदरबारमा बसेको मोर्चाको बैठकले सरकार सम्झौत गर्ने तर, कार्यान्वयन नगर्ने पक्षमा देखिएको निश्कर्ष सहित २४ घण्टा भित्र मोर्चा सम्बद्ध दल्ऽहरुसँग यस अघि गरिएका सहमति कार्यान्वयन नभए बजेट पास हुन नदिनेगरी संसद अबरोध गर्ने निर्णयमा पुगेको हो । बैठक पछि सद्भावना पार्टीका सह अध्यक्ष लक्षणलाल कर्णल्ऽे सरकार सहमति कार्यान्वयनमा उदासीन भएकाले यस्तो निर्णयमा पुग्नुपरेको बताउनुभयो ।

बैठकल्ऽे सरकारले प्रतिबद्धता पुरा नगरेकोमा आपत्ति जनाएको छ ।

Comments