काठमाडौं । भोलि मंगलबारदेखि काठमाडौंमा सर्वाधिक पुरस्कार राशीको प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।

राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी आयोजक राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । जेठ २४ गतेसम्म चल्ने प्रतियोगितामा पाँच विकास क्षेत्रका टोलीसहित विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले  प्रतिस्पर्धा गर्नेछन् ।

८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा सशस्त्रको एपीएफ क्लब, पश्चिमान्चल विकास क्षेत्र, मध्यपश्चिमान्चल विकास क्षेत्र र मध्यमाञ्चल विकास क्षेत्र छन् । यस्तै, समूह बि मा विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाच्चल विकास क्षेत्र र सुदूरपश्चिमान्चल विकास क्षेत्र छन् ।

मंगलबार उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र पूर्वाञ्चल विकास क्षेत्रबीच स्पर्धा हुनेछ ।  ८ वटै टोलीका कप्तानले आफनो टोलीले यसपटक उपाधि जित्ने दाबी गरेका छन् । प्रतियोगिताबाट आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत हङकङसँग हुने खेलका लागि खेलाडी छनोट हुने छ ।

प्रतियोगिताका विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सेमिफाइनल पुग्ने समूहले ५० हजार र लिगका खेल जित्ने समूहले प्रत्येक खेल जितेबापत २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको म्यान अफ दि सिरिजले एकलाख तथा उत्कृष्ट ब्याट्स्म्यान र उत्कृष्ट बलरले ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments