मेलबर्न। अष्ट्रेलियाका एक धनाढ्य उद्यमीले ४०० मिलियन डलर दान गर्ने घोषणा गरेका छन् । अष्ट्रेलियाका ५५ वर्षीय उद्यमी अन्द्रेव फरेस्ट र उनकी श्रीमतीले यस्तो घोषणा गरेका हुन् ।

अष्ट्रेलियाका प्रधानमन्त्रीले यो घोषणा राष्ट्रको लागि अष्ट्रेलियाको इतिहासमै ठूलो उपहार भएको भन्दै फरेस्ट दम्पतीको कदमप्रति कृतज्ञताका साथ खुशी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले यो रकमले अष्ट्रेलियावासी मात्र नभई विश्वका अरु देशका मानिसहरुलाई पनि सहयोग पुग्ने बताउनुभएको छ । उहाँका अनुसार उक्त रकम निम्न शिर्षकमा खर्च गरिनेछ :

७५ मिलियन डलर क्यान्सर सम्बन्धि काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुको लागि
७५ मिलियन डलर युनिभर्सिटी शिक्षा र अनुसन्धानको लागि
७५ मिलियन डलर बालबालिकाको शिक्षाको लागि
७५ मिलियन डलर आधुनिक दासत्व उन्मुलनको लागि
५० मिलियन डलर सबै अष्ट्रेलियालीहरुको समान अधिकारको लागि
५० मिलियन डलर बलियो समुदाय निर्माणको लागि

ठूलो हृदयका यी उद्यमी २००८ मा अष्ट्रेलियाका सबैभन्दा धनि व्यक्ति बनेका थिए। सन् २०१३ मा प्लेज अभियानमा उनले आफ्नो लगभग ५० प्रतिशत सम्पत्ति दान गरे । सन् १९९४ देखि बिजनेस सुरु गरेका उनको हालको सम्पत्ति फोर्ब्स म्यागजिनका अनुसार ५.८ विलियन डलर छ । स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments