एजेन्सी । वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय टोलीले पृथ्वीको जस्तै जीवन सम्भव हुने तीनवटा नयाँ ग्रह पत्ता लगाएका छन् ।
आफ्नो खोजबारे जानकारी दिंदै वैज्ञानिकहरुले तीनैवटा ग्रह सौर्यमण्डलभन्दा बाहिर रहेको जानकारी दिएका छन् । साइंस जर्नल नेचरमा प्रकाशित जानकारीमा ती ग्रहहरुको दूरी पृथ्वीबाट ३९ प्रकाशवर्ष रहेको उल्लेख गरिएको छ । अध्ययनमा ती ग्रहहरुको आकार र तापक्रमको तुलना पृथ्वी र शुक्र ग्रहसँग गरिएको छ ।

अध्ययनकोबारेमा जानकारी दिँदै खगोलशास्त्री माइकल गिलानले सौर्यमण्डलभन्दा बाहिर जीवनको सम्भावनायुक्त संकेत देखिएको यो पहिलो पटक भएको बताएका छन् । उनले ती ग्रहहरुको आकारमात्रै पृथ्वीसँग मिल्ने नभएर अहिले भएको प्रबिधीको सहयोगले नै त्यहाँको वातावरण अध्ययन गर्न सकिने बताए । पृथ्वीसँग नजिकको दूरी भएका कारण पनि त्यो सम्भव हुने उनको तर्क छ ।

गिलान र उनका सहयोगी शोधकर्ताहरुले यो अध्ययनका लागि चिलीमा रहेको ६० सेन्टिमीटरको टेलिस्कोप (त्च्ब्एएक्ष्क्त्) को प्रयोग गरेका थिए । वैज्ञानिकहरुको यो अध्ययन अंतरीक्षमा जीवनको सम्भावनाबारेको खोजका लागि महत्वपूर्ण भएको बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments