कास्की । विवाद भई स्थगित भएको पोखरा–लेखनाथ महानगरपालिकाको मतणना सुरु भएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकमा सहमति भएपछि मतगणना सुरु भएको हो । मतगणनाका क्रममा ठूलो आकारको स्वस्तिक छाप भेटिएको भन्दै नेपाली काँग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि मतगणना शनिवारदेखि रोकिएको थियो ।

पोखरा–लेखनाथ महानगरपालिकाको पछिल्लो गणनाअनुसार मेयरका उम्मेदवार एमालेका मानबहादुर जिसीको २२ हजार ३ सय २९ मत रहेको छ भने नेपाली काँग्रेसका रामजी कुँवरको १९ हजार नौ सय ३ मत रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments