एजेन्सी । पाँच वर्षपछि रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधि हात पारेको छ ।

लिग अन्र्तगत आइतबार राती मालागाको घरेलु मैदानमा भएको अन्तिम खेलमा रियल मड्रिड २–० बिजयी हुँदै ५ वर्षपछि उपाधि हात पार्न सफल भएको हो । रियलका लागि क्रिस्टियानो रोनाल्डोले खेलका दोस्रो मिनेटमा र करिम बेन्जामाले ५५ औँ मिनेटमा गोल गरेका थिए ।

उपाधिका लागि १ अंक मात्र आवश्यक रहेको रियलले मालागामाथि सहज जित हात पार्यो । यस्तै, आइतबार राती भएको अर्को खेलमा गतवर्षको बिजेता बार्सिलोनाले इबरलाई ४–२ गोल अन्तरले पराजित गरे पनि उपाधि जित्न सकेन । रियलको यो सिजनमा ३८ खेलबाट ९३ अंक छ भने बार्सिलोना समान ३८ खेलमा ९० अंक जोड्दै दोस्रो स्थानमा रह्यो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments