काठमाडौं ।  स्थानीय तहको दोस्रो चरणको निर्वाचन तालिका नजिकिँदै गर्दा नेपाल–भारत सीमासँग जोडिएका जिल्लाका सुरक्षा सतर्कता बढाइएको छ । भारतसँग सीमा जोडिएका जिल्लाहरुमा विशेष निगरानीमा राखेको नेपाल प्रहरीले जनाएको छ ।

मध्य क्षेत्रीय प्रहरी कार्यालय, पूर्व क्षेत्र प्रहरी कार्यालय र सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले आवाश्यकताका आधारमा सुरक्षा सतर्कता अपनाउन मातहत निकायलाई सर्कुलर गरिसकेका छन् । निर्वाचनको बेला सीमा नाका बन्द गर्नेलगायतका बिषयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित सुरक्षा समितिको बैठकमा छलफल गर्ने भएको छ ।

गृह मन्त्रालयलाई निर्वाचन आयोगले सुरक्षा व्यवस्था व्यवस्थित गरी भरपर्दो बनाउन दिएलगत्तै सुरक्षा निकायले त्यसको तयारी थालेका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments