काठमाडौं । असिम शाहको निर्देशनमा ए जि टु वान प्रोडक्सन प्रा लि र ब्ल्याक हर्स प्रालिले निर्माण गरेको चलचित्र २ रुपैयाँको फस्ट लुक सार्वजनिक भएको छ ।

चलचित्रका प्रमुख दुई पात्र दाह्री र जुरेलीको पोस्टर सार्वजनिक गरिएको हो । चलचित्रमा कलाकार आशिफ शाह र निश्चल बस्नेतको प्रमुख भूमिका रहेको छ ।

२ रुपैयाँ आगामी भाद्र २३ गते चलचित्र घरहरूमा प्रदर्शन हुने जानकारी दिइएको छ । चलचित्रमा आशिफ शाह र निश्चल बस्नेतका साथै बुद्धि तामाङ, रवीन्द्र झा, मेनुका प्रधान, राजन ईशान, टीका पहारी, प्रतीकराज न्यौपाने, आदिको प्रमुख भूमिका रहनेछ । २ रुपैयाँ हाल सम्पादनमा रहेको छ ।

Comments