एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अतिवादविरुद्धको लडाइँको नेतृत्व मुस्लिम देशहरुले लिनुपर्ने बताएका छन् ।

पहिलो विदेश भ्रमणका क्रममा शनिबार साउदी अरेबिया पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पले रियादमा मुस्लिम बाहुल्य मुलुकहरुको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै आफूहरुले अमेरिकी जीवनशैली अरुमाथि थोपार्न नचाहेको बताए ।

उनले अमेरिकी दृष्टिकोण शान्ति, सुरक्षा र समृद्धिको भएको उल्लेख गर्दै अमेरिकाको उद्देश्य अतिवाद अन्त्य गर्नुपर्ने धारणा राख्ने मुलुकहरुसँग साझेदारी गर्नु रहेको जिकिर गरे ।

ट्रम्पले आतंकवादको शिकार हुने ९५ प्रतिशत मानिसहरु मुस्लिम हुने गरेको र सबैभन्दा बढी अरब राष्ट्रहरु पीडित भएको बताए । ट्रम्पले आतंकवादविरुद्धको लडाइँ फरक आस्थाहरुबीचको लडाइँ नभइ यो असल र खराबबीचको लडाइँ भएको बताए ।

आतंकवादलाई निमिट्यान्न पार्न मध्यपूर्वी राष्ट्रहरुले अमेरिकी शक्तिलाई कुर्न नसक्ने भन्दै ट्रम्पले आतंकवादविरुद्धको लडाइँको भार उनीहरुले नै वहन गर्नुपर्नेमा जोड दिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments