काठमाडौं । नेपालमा ठूलो संख्यामा नर्सको आवश्यकता पर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले सबै सामुदायिक र निजी विद्यालयहरुमा अबदेखि अनिवार्य रुपमा नर्स राख्नुपर्ने नीति लागु गर्ने भएसंगे यस्तो आवश्यकताको आंकलन गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले देशका हरेक विद्यालयमा बालबालिकाको स्वास्थ्य हेरचाहको लागि अनिवार्य रुपमा नर्स राख्नुपर्ने नीति लागु गर्ने प्रक्रिया अगाडी बढाई सकेको छ । जस अनुसार प्याब्सन तथा एन प्याब्सनसँग सम्झौता नै भइसकेको र शिक्षा मन्त्रालयलाई समेत पत्राचार गरिसकिएको बताईएको छ । नर्सको नियुक्ति संगै विद्यालयमा जंक फुड पनि निषेध गरिनेछ ।

सरकारले नर्सहरुलाई विशेष तालिम दिएर सामुदायिक विद्यालयमा पठाउनेछ भने निजि विद्यार्थीहरुले आफ्नै निजी स्रोतमा नर्सहरु राख्नेछन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments