काठमाडौं  ।  महानगरपालिकाको– २९ र ३० वडामा नेपाली काँग्रेसको प्यानलनै विजय भएको  छ ।

वडा नं. २९ को अध्यक्षमा कुश ढकाल १ हजार ५ सय ४५ मत ल्याई निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका शिवराज राजबंशीले १ हजार ४ सय ९१ मत प्राप्त गर्नुभएको छ ।  वडाको खुला सदस्यमा अर्जुनबहादुर श्रेष्ठ, इन्द्र कर्मचार्य , महिला सदस्यमा सुशीला ढकाल र दलित महिला सदस्यमा सङ्गीता पूजारी निर्वाचित हुनुभएको छ ।

यसैगरी वडा नंं ३० को वडाअध्यक्षमा काङ्ग्रेसकै दलबहादुर कार्कीले २ हजार३ सय ३१ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सृुरेन्द्र श्रेष्ठले १ हजार ३ सय ५७ मत पाउनुभएको थियो ।  वडाका सदस्यमा नीरज सत्याल, मनोज डङ्गोल, महिला सदस्यमा सीता तिवारी र दलित महिला सदस्यमा शर्मिला श्रेष्ठ महतो निर्वाचित हुनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments