तनहुँ। सेती नदी तरेर घर जान लागेका एक युवकलाई सेती नदीले बगाएर शनिबार बेपत्ता बनाएकामा आइतबार अपराह्न मृत फेला परेका छन् ।

व्यासनगरपालिका– ५ बेतनी दुलेपहाड स्थानबाट नदी तर्ने क्रममा ऋषिङ् गाउँपालिका– १ निवासी २६ वर्षीय देउबहादुर थापाको मृत्यु भएको हो ।
दमौलीबाट घर जान हिँडेका चार जनामध्ये थापा अगाडि गएको र नदी तर्नै लाग्दा ढुङ्गाबाट चिप्लेर पुनः नदीमा खस्दा पानीको भेलमा परी बगाएको स्थानीयवासी वीरबहादुर थापाले जानकारी दिनुभयो ।

शव गाउँपालिका–१ झापुटारस्थित नदी किनारमा भेटिएको हो । थापालाई नदीले बगाएर बेपत्ता बनाएपछि स्थानीय र प्रहरीले खोजी गरेका थिए । शव हाल दमौली अस्पतालमा राखिएको छ । रासस

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments