मेलबर्न । अष्ट्रेलियामा भिसा सम्बन्धि कडाई हुँदै आएको समयमा शरणार्थीहरुको लागि पनि कडाई गर्न थालिएको छ। इमिग्रेसन मन्त्रि पिटर डटनले यस्तो खुलासा गरेका हुन् ।

उनका अनुसार अष्ट्रेलियामा बस्दै आएका शरणार्थीहरुले आगामी अक्टोबर १ सम्ममा आफ्ना सम्पूर्ण कागजातहरु सहित शरणार्थी पहिचानको लागि इमिग्रेसनमा निवेदन दिनुपर्नेछ । उक्त निवेदन पश्चात सम्पूर्ण कागजात छानबिन, अन्तर्वार्ता र आवश्यक जांच गरि शरणार्थी भए नभएको यकिन गरिनेछ ।

यदि निवेदन पेश नभएमा वा शरणार्थी नभएको पुष्टि भएमा सबै सरकारी सुविधाबाट बन्चित गरिनेछ भने अष्ट्रेलियामा बस्न नपाउने आदेश दिन सकिनेछ । स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments