एजेन्सी । ब्राजिलका जुम्ल्याहा दिदी बहिनीले आफ्नो १०० औं जन्मदिन मनाएका छन् । मारिया पिगनाटोन पोंटिन र पव्लिना पिगनाटोन पन्दोल्फीले फोटोसुट गरेर आफ्नो एक सयौं जन्मदिन मनाएका हुन् ।

२८ वर्षीय फोटोग्राफर क्यामिला लिमाले जुम्ल्याहा दिदीबहिनीको दुई घण्टा सम्म फोटोसुट गरेकी थिईन् । स्थानिय खबरहरुबाट उनीहरु बारे थाहा पाएपछि आफू फोटोसुटको लागि त्यहाँ पुगेको उनले बताएकी छिन् ।

फोटोग्राफर लिमाले युवाहरुलाई प्रोत्साहन गर्न र जीवनलाई माया गर्न सिकाउनको लागि आफूले वृद्धहरुको विशेष फोटोसुट गर्दै आएको बताउँछिन् ।

जुम्ल्याहा दिदीबहिनी मध्ये पन्दोल्फीका छ छोराछोरी, १९ नातिनातिनी र १६ पनाति-पानातिनी छन् भने पोंटिनका पांच छोराछोरी, १२ नाति-नातिनी र सात पनाति-पनातिनी छन् । उनीहरुले आफ्नो परिवार संगै मे २० तारिखमा आफ्नो एक सयौं जन्मदिन मनाएका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments